Logo

२२ दिनमा मैयासराको उपचार सम्पन्न भयो : डा.शाही



काठमाडौं, २४ असोज । कालिकोट जिल्ला पचालझरना गाउँपालिका वडा नम्बर १ कि ४५ वर्षिया मैयासरा सार्कीको तल्लो बङग्रारामा भएको ट्युमरको उपचार भएको छ ।

विगत ५ वर्षदेखि पीडा भोग्दै आएकी मैयासराको पाटन हस्पिटल काठमाडौं र हिमालयन दुर्गा फाउण्डेसनको विशेष आर्थिक सहयोगमा उपचार भएको डा. ललितजंग शाहीले जानकारी दिए ।

घरको आर्थिक स्थिति कमजोर भएका कारण दुःख भोग्दै आएकी मैयासराले गाउँ घरमा धामी झाक्री गर्दा सन्चो भैहाल्छ भनेर यतिका वर्षसम्म दुख सहेर बसेको बताइन्।

स्युना रास्कोटका मिनराज शाहीले मैयासरा सार्कीको तल्लो बङग्रारामा भएको ट्युमरको फोटो सामाजिक संजाल फेसबुकमा राखेपछि डा.शाहीले उपचार गर्ने अठोट लिएका थिए ।

भदौ २६ गते डा.शाहीले बिरामी मैयासरालाई काठमाडौं बोलाएका थिए । पाटन अस्पतालाई सहयोगगर्न आग्रह गरेरका डा.शाहीले रिपोर्टर्स नेपालसँगको कुराकानिमा सार्कीको उपचार सफल भएकोमा खुसि व्यक्त गरे ।

उनले भने,‘पाटन अस्पताल काठमाडौंमा उपचार गरेर मैयासरा अहिले खुशीसाथ घर फर्किनु भएको छ, मैयासराले उपचार पनि पाईन, साथै पहिलो पटक काठमाडौं घुम्न पनि पाईन।’

भदौ २६ गते उपचारका लागि सहयोग स्वरुप ४ हजार बोकेर काठमाडौं पुगेकी मैयासराले डा.ललितजङ्ग शाहीलाई आफ्ना लागि भगवान मात्र नभएर जन्म दिने बाबु जस्तै भएको प्रतिक्रिया दिएकी छन। उनि हिजोमात्रै कालिकोट घरमा पुगेकी छिन् ।

म्याकजिलो सर्जन प्रा.डा.आलोक स्याङतानीको समुहको सक्रियतामा सार्कीको उपचार सफल भएको डा.शाहीले जानकारी दिए ।

मैयासरा सार्कीका पहिले र अहिलेका तस्बिरहरु

तस्बिर ललितजंग शाही

 



प्रतिक्रिया दिनुहोस्