Logo

संसदमा अध्यक्ष गौचनको हत्याको भत्सर्ना



काठमाडौँ, २४ असोज । व्यवस्थापिका– संसद्को आजको बैठकमा सांसदहरुले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति आपत्ति जनाउँदै हत्यामा संलग्नलाई कानूनको दायरामा ल्याउन सरकारसित आग्रह गर्नुभएको छ ।

उहाँहरुले हत्याको छानबिन गर्नका लागि आयोग शीघ्र गठन गर्न र यसका बारेमा सदनलाई जानकारी गराउन गृहमन्त्रीसँग माग गर्नुभयो । निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको सोमबार अपराह्न मध्यबानेश्वरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।

सभामुख ओनसरी घर्तीसित समय माग गरी नेपाली काँग्रेसका दीपक गिरीले आगामी प्रदेश÷प्रतिनिधिसभाको निर्वाचको मुखमा गौचनको हत्या हुनुले निर्वाचन नहुने आशंका बढेको छ भन्नुभयो । नेकपा एमालेका जनार्दन ढकाललले गौचनको शीघ्र हत्याको छानबिन गर्न माग गर्दै हत्यारालाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा ९माओवादी केन्द्र०का रामनारायण बिंडारीले दिउँसै गौचनको हत्या हुनु शान्तिसुरक्षाको कमजोरी रहेको बताउनुभयो । नेपाल लोकतान्त्रिक फोरमका योगेन्द्र चौधरीले राजधानीमा खोजी-खोजी र छानी-छानी मान्छे मार्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र सांसद रुक्मिणी चौधरीले गौचनका हत्याका बारेमा सदनमा जानकारी गराउन गृहमन्त्रीसँग माग गर्नुभयो । सांसद रोमी गौचन थकाली र परशुराम तामाङले गौचनका हत्यापछि निर्माण व्यवसायीलाई पनि अज्ञात समूहले हत्याको धम्की दिएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्