राजविराज, २५ असोज। अमेरिकाबाट पठाइएको राहत समाग्री सप्तरीको तिलाठी कोइलाडीका बाढीपीडित एकल महिलालाई मंगलबार वितरण गरिएको छ ।
अमेरिकामा रहेका भारतीय तथा नेपाली नागरिकबाट संकलन गरिएको राहत जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा रहेका करिब २५५ जना एकल महिलालाई राहत वितरण गरिएको सक्षम फाउण्डेशन नेपालका संयोजक सुजित सिंहले बताउनुभयो ।
उनीहरुलाई ३० केजी चामल, दुई केजी दाल, एक प्याकेट नुन, दुई थानका दरले, नुहाउने र लुगा धुने साबुन र एक थान बालटिनलगायतका राहत सामग्री वितरण गरिएको संयोजक सिंहले जानकारी दिनुभयो ।
त्यस्तै, चारवटा खानेपानी ट्युबवेलसमेत वितरण गरिएको छ भने बाढीबाट स्थानीय हरेराम सिंहको घर पूर्णरुपमा क्षतिग्रस्त भएकाले उनको परिवारलाई रु १० हजार आर्थिक सहयोगसमेत गरिएको बताइएको छ ।rss