Logo

पौदी सेवा समाज जापानद्धारा संस्थालाई सहयोग हस्तान्त्रण



कौरव खत्रीः गुल्मी २५ असोज । गुल्मीको पौदी सेवा समाज जापानले गाँउका विभिन्न संस्था तथा व्यक्तिको लागि आर्थिक सहयोग रकम हस्तान्त्रण गरेको छ ।

मुसिकोट नगरपालिका १ पौदी घरभइ हाल रोजगारीको शिलशिलामा बिभिन्न देशमा रहनुभएका पौदी बासीहरुको संस्था पौदी सेवा समाज जापानले मुनपा १ अरेवा निवासी मृगौला पीडित मित्रलाल भुषाललाई जापानी ऐन १ लाख ३१ हजार १ सय ७० अर्थात १ लाख २७ हजार ७० नेपाली रुपैया नगद हस्तान्तरण गरीएको हो ।

त्यसैगरी समाज जापानले मुनपा १ मा रहेको छत्रभूमि मन्दिर, बाग्लुङ्गको बडिगाढ गाँउपालिका ५ मा रहेको थानापति मन्दिरलाई समेत भेटी स्वरुप ५÷५ हजारका दरले नगद हस्तान्तरण गरेको छ ।

यस्तै समाज जापानले विभिन्न व्यक्ति तथासंस्थाबाट झण्डै ५८ हजार संकलित सकम बाग्लुङ्गको एम्बुलेन्स अभियान ग्वालीचौर समाज कल्याण संस्थाका सचिब प्रदिप खरेललाइ हस्तान्तरण गरिएको थियो । यसरी समाजले व्यक्ति तथा संस्था गरि २ लाख रकम सहयोग रकम हस्तान्त्रण गरिएको छ ।

स्वदेशमा हुने विभिन्न दुखी गरीब, बिभिन्न रोगहरुबाट पीडित ब्यक्ति, बाढी पहिरो लगायतका विभिन्न बिपदको लागि समाज जापानले विगत केहि बर्ष यता सहयोग गर्दे आएको छ ।

उक्क्त सहयोग रकम हस्तान्तरण गर्न पौदी सेवा समाज जापानका अध्यक्ष गोबिन्द प्रसाद भूषालले हस्तान्तरण गर्न भएको थियो । संस्थामा आवद्ध ४४ जना व्यक्तिहरुले सो रकम सहयोग गरी नेपाल पठाएका हुन । यता दुवै मृगौला फेल भएर भरतपुर चितवनमा उपचार गराइ कुनै निराकरणको संकेत नेदेखेपछि पीडित भूषालले हाल भारतमा उपचार गराइरहेका छन ।

हरेक ४ महिनाको अवधिमा उनी भारत जान्छन एक पटकमा २५ हजार भन्दा बढी खर्च हुने गरेको छ । ५३ बर्षीय मित्रलालले इन्डियाको अमुल अस्पतालमा अहिले नियमित उपचार गराउछन । उनको मृगौला प्रत्यारोपणको लागि १५ लाख रुपैया खर्च हुने भारतीय चिकित्सकले भनेको पिडित भूषालको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्