Logo

मिस हेरिटेज पछि चलचित्रको लागि अफर आएका छन् : रुपा लामा



काठमाडौं, २५ असोज । मिस हेरिटेज २०७४ की बिजेता रुपा लामाले आफु नेपाली कला क्षेत्रको विकासको लागि समर्पित हुने बताएकी छन् ।
कला संस्कृति एवं सम्पदाको प्रर्वधनगर्ने उद्धेश्यले नेपालमै पहिलो पटक यूथ क्रिएसनद्धारा आयोजित ‘मिस हेरिटेज क्विन नेपाल २०१७’ को ताज हात पार्न सफल रुपा लामा मकवानपुरक जिल्ला मनहरि गाउँपालिका सिमपानिकी प्रतिभा हुन् ।

गत भदौमा सम्पन्न मिस हेरिटेज फिनालीमा १५ प्रतिस्पर्धीलाई पछि पार्दै रुपाले उपाधि जितेकी थिन् । उपाधी प्राप्त गरेपछि म्यूजिक भिडियोहरुमा अफर आईरहेको बताईन ।

रिपोर्टर्स नेपालसँगको कुराकानिमा लामाले भनिन,‘मिस हेरिटेजको उपाधी जितिसके पछि ६ वटाजति म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छु, यहि बीचमा ४–५ वटा चलचित्रमा समेत अफर आएका छन् तर म अहिले नै चलचित्रमा प्रवेश गर्ने पक्षमा छैन।’ लामाले भनिन्,‘म यसै क्षेत्रमा टिक्ने कोसिस गर्नेछु, आजका दिनसम्म म्यूजिक क्षेत्रसँगै अन्य पेशालाई अघि बढाईरहेको छु।’

तस्बिरमा रुपा लामा



प्रतिक्रिया दिनुहोस्