Logo

नेविसंघले काफ्लेको कार्यकक्षमै पुगेर कालोमुसो दल्यो



काठमाडौं, २५ असोज ।  सिटिईभिटि महाशाखा प्रमुख जीवनारायण काफ्ले माथि नेपाल विद्यार्थी संघले कालोमुसो दलेको छ। सिटिइभिटि केन्द्रीय कार्यलयमा पुगेर नेपाल विद्यार्थी संघका केन्द्रीय नेतासँगै सिटिइभिटि संयोजक र विद्यार्थीहरुले महाशाखा प्रमुख काफ्ले माथि कालोमुसो दलेका हुन ।

सिटिईभिटिले विद्यार्थीका जायज मागहरुसँगै शैक्षिकमुद्धा ओझेलमा पार्न खोजिएकाले महाशाखा प्रमुख काफ्ले माथि मुसो दल्नु परेको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य अर्जुन बमले जानकारि दिए ।

रिपोर्टर्स नेपालसँगको कुराकानिमा केन्द्रिय सदस्य बमले भने,‘ नेपाल विद्यार्थी संघले जायजमाहरु पुरागर्नको लागि पटक पटक प्रशासनलाई आग्रह गर्यो, तर प्रशासनले हाम्रा मागहरुको वास्ता गरेन, विगतमा हामीले ताजा बन्धि गर्यौँ मागप्रति छलफल गरि नेपाल विद्यार्थी संघले राखेका जायज माग एक मैना भित्र पुरागर्ने प्रतिबद्धता पनि जनाईए तर पुरा भएनन्, ।’

विगतका सम्झौताहरु कार्यन्वयन गराउनु पर्ने तिर नभइ शिक्षा मन्त्रालय र सिटिईभिटिका कर्माचारीहरु आफुु खुशी नयाँ कलेजको सम्बन्धन दिएकोमा समेत नेवि संघले आपत्ती जनाएको छ ।

सम्बन्धन प्राप्त कलेजहरुलाइ निएमन गरि सिटिईथिटिको मापदण्डमा लिईसकेपछि मात्र सम्बन्धन प्रक्रियाका लागि सरोकावालाहरु संग छलफल गरि नयाँ सम्बन्ध प्रक्रिया अगाडि बडाउने सहमति पछि प्रशासनले आफु खुसि नयाँ कलेजको दलागि सम्बन्धन दिएको नेवि संघको आरोप छ ।

नयाँ कलेजको सम्बन्धन नदिने भनी गरिएको निर्णय बिपरित सिटिईभिटिले नटेरेको भन्दै कालोमुसो दल्नु परेको नेता बमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्