Logo

सुभेक्षा मिडिया प्रालिले रेडियो सञ्चालन गर्ने



बागलुङ, २६ असोज। सदरमुकामका सञ्चारमाध्यामको पातलो उपस्थिति रहेको जैमिनी नगरपालिकामा एफएम रेडियो सञ्चालन हुने भएको छ ।
सुभेक्षा मिडिया प्रालिले एफएम रेडियो सञ्चालनको तयारी थालेको हो । प्रालिले रेडियो दर्ता लगायतका सबै कानुनी प्रकृया पुरा भइसकेकाले आगामी कार्तिक महिना सम्ममा रेडियो परिक्षण प्रसारणमा आउने सुभेक्षा मिडिया प्रा।लि।का निर्देशक सन्ध्या आचार्यले बताईन ।

जैमिनी नगरपालिकामा कुनैपनि सञ्चारमाध्याम सञ्चालनमा नरहेकाले एफएम रेडियो सञ्चालन गर्न लागिएको आचार्यले बताउनु भयो ।
ग्रामिण क्षेत्रका सर्वसाधारणलाई सूचनाको हक दिलाउनको लागि निजी क्षेत्रको लगानीमा रेडियो सञ्चालन गर्न लागिएको उहाँको दाबी छ । रेडियो सञ्चालनको लागि अहिले प्राबिधिक तथा पुर्वाधार निर्माणको काम चलिरहेको आचार्यको भनाई छ ।

जैमिनी नगरपालिका–१ कुश्मीशेरामा स्टेसन राखेर रेडियो सञ्चालन हुने कम्पनीले जनाएको छ । एक सय वाट क्षमताको रेडियो फ्रिक्वायन्सी मोडुलेसन व्याण्डको ९६ दशमलव ६ मेगाहर्जमा प्रशारण हुनेगरी अनुमति लिएको छ ।

करिब २५ लाखको लगानीमा सञ्चालन हुन लागेको रेडियो जैमिनी नगरपालिका लगायत बागलुङ, पर्वत र गुल्मीका बिभिन्न क्षेत्रमा सुन्न सकिने छ ।

बागलुङको दक्षिण क्षेत्रमा पर्ने जैमिनी नगरपालिकामा हालसम्म जिल्लाका सञ्चार माध्यामको सामान्य पहुँच छ । केही बर्ष पहिले साप्ताहिक पत्रिका प्रकाशन भएको भएपनि हाल सो पत्रिका बन्द छ ।

जिल्लाको पश्चिम क्षेत्रमा रेडियो तथा पत्रिकाहरु प्रसारण र प्रकाशन हुदै आएको भएपनि जिल्लाको दोस्रो सदरमुकामको रुपमा विकास भइरहेको कुश्मीशेरामा भने यो पहिलो रेडीयो स्टेशन हो ।

स्थानीय व्यक्तित्व तथा वरिष्ठ समाजसेवी तथा यस रेडियो संचालक समितिको संयोजक चित्र प्रसाद चापागाईंले हालसम्म स्टुडियो निर्माण तथा टावर निर्माणको काम सम्पन्न भैसकेको र बाँकी केही प्राविधिक कामहरू सम्पन्न भैसकेपछी रेडियो संचालनमा आउने जानकारि दिएका छन ्। रेडियोको प्राविधिक तथा जनशक्ति उत्पादनको काम भागिरथ कुमार पोखरेलको नेतृत्वमा भैरहेको निर्देशक आचार्यले बताईन ।



प्रतिक्रिया दिनुहोस्