Logo

मृतक गौचनको अन्त्यष्टि आज-फोटोफिचर



काठमाडौं, २६ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीको बानेश्वरमा ४ दिन अघि गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अनामनगरस्थित महासंघको केन्द्रीय कार्यालय पुगेर कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले गौचनप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
गृहमन्त्री जनार्दन शर्मा, वनमन्त्री विक्रम पाण्डे, कांग्रेस नेता प्रकाशमान सिंह, माओवादी नेतृ पम्फा भुसाल, उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणालगायतले गौचनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

तस्बिर-मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्