Logo

नेपाल प्रहरीको टोपीमा भारतको झन्डा !



काठमाडौं २७ असोज । नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ ।सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ । कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा तिरंग मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमरा, लेखिएका थुप्रै संकेत भेटिन्छन् ।
ती संकेत टापैको भित्रपट्टी राखिएका छन् ।

अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ । आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्तो टोपी सुरक्षाकर्मीले बर्षौदेखि प्रयोग गर्दै आएका छन् ।उनीहरुले यसबारेमा जानकारी नभएर हो वा संगठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गरिाउने काम भएको छ ।

संगठनको तल्लो तहका जवान मात्रै हैन प्रहरी अधिकृतले लगाएको टोपीमा समेत यस्ता संकेत भेटिएका छन् । एकजना प्रहरी अधिकृतले लगाएको टोपीमा भारतीय झण्डा र सारे जहाँ से अच्छा हिन्दुस्तान हमरा लेखिएको पाईएको छ । , यो खबर आजकोनागरिक दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्