काठमाडौं २८ असोज । देशका ६८ जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ आसपासका क्षेत्रहरु पछिल्लो समय दुर्गन्धित बन्दै गएका छन् ।
त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग आसपासमा थुप्रिएको फोहोरका कारण राजमार्ग क्षेत्रमा दुर्गन्ध बढ्दै गएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
राजमार्ग आसपासका स साना बजार र बस्तीहरुबाट निस्कने फोहोर राजमार्ग छेउछाउमै फाल्नाले पनि दुर्गन्ध बढ्दै गएको हो ।
चाडबाडको समयमा सवारी साधनमार्फत काठमाडौंबाट समेत फोहोर ल्याएर राजमार्ग छेउछाउमै अव्यवस्थित रुपमा फालिदिनाले राजमार्ग आसपासका क्षेत्रमा फोहोरमैला बढ्दै गएको छ ।