Logo

जग्गा विवादमा दाजु भाइबीच झगडा, खुकुरी प्रहारबाट दुईको मृत्यु



काठमाडौं २९ असोज । त्रिवेणी नगरपालिका–८ कालापानीमा खुकुरी र खँुडा प्रहारबाट आज बिहान ७ बजे दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीया नौले र ३२ वर्षीय अर्जुन गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार नौलेको घटनास्थलमै र अर्जुनको उपचारका क्रममा अछामको बयालपाटामा मृृत्यु भएको हो । घटनामा नरेश गिरी खुकुरी प्रहारबाट घाइते भएको निमित्त प्रहरी नायब उपरीक्षक जगदीश भट्टले जानकारी दिनुभयो ।

भट्टका अनुसार दाइ मोहन र भाइ गोरखबीच जग्गाका विषयमा भनाभन हँुदा खुकुरी प्रहार गरिएको बताउनुभयो । भाइ गोरखका तीन छोराले खुकुरी, खँुडा र फलामको पाइपले हानेर एकको घटनास्थलमा नै एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइतेको बूढीगंगा नगरपालिकास्थित बडीमालिका पोलिक्लिनिकमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने गोरख तथा उहाँका २० वर्षीय छोरा योगेन्द्र र १६ वर्षीय दिनेशलाई प्रहरी नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्