Logo

रिभानका बाढीपीडितलाई रु एक लाख सहयोग



पोखरा, २९ असोज । कास्कीको माछापुच्र्छे गाउँपालिका–५ रिभान पाथ्रेका बाढीपीडितलाई शनिबार रु एक लाख सहयोग प्राप्त भएको छ ।तमु समाज युकेको आमा समूहबाट संकलित उक्त रकम सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङले सो ठाउँमै पुगेर वडाध्यक्ष एवं उद्धार तथा विपत् व्यवस्थापन समितिका संयोजक जुमबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।

गत साउन २४ गते राति हुम्दीखोलामा आएको बाढी पाथ्रे गाउँमा पस्दा १६ घरलाई पूर्ण क्षति पु¥याएको थियो । हालसम्म विभिन्न संघसंस्था, स्वदेश तथा विदेशमा रहेका महानुभावबाट रु ४१ लाख राहत संकलन भएको छ । संकलित रकमले विस्थापित परिवारका लागि घर निर्माण गरिने वडाध्यक्ष गुरुङले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्