Logo

‘सेनेगल’ कविता संग्रह सार्वजनिक



काठमाडौँ, २९ असोज । डा विदुर चालिसेको ‘सेनेगल’ कविता संग्रह सार्वजनिक भएको छ । सेनेगल देशमा भिक्षुणीले भोग्नुपरेको समस्यामा केन्द्रित भएर संग्रह प्रकाशन गरिएको शनिबार आयोजित विमोचन समारोहमा जानकारी गराइयो ।

अभिनव साहित्य समाजको १८८औँ साहित्यिक शृङ्खलामा संग्रह सार्वजनिक गरिएको हो । समीक्षक हेमचन्द्र नेपाल र डा शेषराज आचार्यलगायतले संग्रहका विषयमा मन्तव्य राख्नुभयो ।

साहित्यिक शृङ्खलामा राम्रो रचना वाचन गरेका रचना घिमिरे, कृतिका न्यौपाने र मिशन अधिकारीलाई पुरस्कृत गरियो । प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा हुने साहित्यिक कार्यक्रममा कुसुम शर्मा, रमेश भट्टराई, घनश्याम प्रसाईं, बुद्धरत्न शाक्य, गोविन्द नेपाल, मेनका पोख्रेल, प्रकाश बस्नेत, महेशकुमार वाग्ले, पुण्य गौतम ‘विश्वास’, अर्पणा केसीलगायतले आ–आफ्ना रचना पाठ गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्