Logo

आमसञ्चार नीति बारे अन्तक्रिया



महोत्तरी, २९ असोज । महोत्तरीको बर्दिबासमा शनिबार प्रदेशस्तरीय आमसञ्चार नीति र प्रस्तावित कानून एवं संरचना विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रदेश नं २ का आठ वटै जिल्लाका सञ्चारकर्मीको सहभागिता रहेको थियो । सो कार्यक्रममा सार्वजनिक सेवा प्रसारण ऐन, २०७४ को प्रारम्भिक मस्यौदा माथि छलफल भएकोे थियो ।

सूचना तथा सञ्चार मन्त्रालय र राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय सुझाव समितिको संयुक्त आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा सार्वजनिक सरोकारको विषय र नागरिकको आवश्यक्ताअनुसारको कार्यक्रम उत्पादन तथा प्रसारण गर्न तथा प्रसारण क्षेत्रमा भएका विकास र नयाँ प्रविधिको अधिकतम उपयोग गरी नागरिकलाई सूचना सेवा प्रदान गर्ने बारेमा छलफल भएको थियो ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका सञ्चारकर्मीले प्रारम्भिक मस्यौदाका कमीकमजोरी औँल्याएका थिए ।संविधानविद् काशीराज दाहालको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । रासस



प्रतिक्रिया दिनुहोस्