Logo

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी



काठमाडौं ३१ असोज । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले भने ५ सय ८४ मत प्राप्त गरिन । १८५४ मध्ये १७८८ मतदाताले मतदान गरेका थिए ।

अध्यक्षमा विजयी भट्टले आफ्नो कार्यकालमा एनआरएन स्थापना कालदेखि सुरु भइ पुरा नभएका ऐजेन्डाहरुमा काम गर्ने बताए । दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच भएको निर्वाचनबाट कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् । महिला उपाध्यक्ष सपिला राजभण्डारी विजयी भएकी छन् ।
सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ ।



प्रतिक्रिया दिनुहोस्