Logo

समानुपाति उम्मेदवार छान्न एमालेको गोप्य बैठक रिसोर्टमा



काठमाडौं ३१ असोज । समानुपातिको सूचीलाई अन्तिम रुप दिन एमालेले गोप्य छलफल गर्दैछ । पार्टी कार्यालयमा भिडघाड हुने भन्दै गोकर्ण रिसोर्टमा बैठक गरेर नामलाई टुङगो लगाउने तयारी छ । नेकपा एमाले स्थायी समितिको बैठकले नाम तय गर्नेछ । समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बैठक बस्न लागेको हो । काठमाण्डुको गोकर्णको एउटा रिसोर्टमा बस्न लागेको बैठकमा निर्वाचन आयोगमा बुझाएको सूचीलाई फेरबदल गरेर अन्तिम रुप दिइनेछ ।

बैठक दिउँसो ३ बजे बोलाइएको एमाले सचिव तथा प्रवक्ता योगेश भट्टराईले जानकारी दिए । निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ वटा राजनीतिक दलले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारको बन्दसूची पेश गरेका छन् ।कान्तिपथस्थित निर्वाचन आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची आइतबार पेश गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्