Logo

निर्धारित मितिमा निर्वाचन हुन्छ ?



काठमाडौं १ कात्तिक । माओवादी केन्द्रले सरकार चुनाव भाँड्ने षड्यन्त्र गरिरहेको आरोप लगाइरहेकै बेला निर्वाचन आयोगले त्यसको कडा प्रतिवाद गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आफूहरू निर्धारित मितिमा निर्वाचन गराउन कटिबद्ध रहेको बताउँदै अनावश्यक संशय प्रकट नगर्न आग्रह गरेका छन् । उनले निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगको एउटै धारणा रहेको समेत दाबी गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

मंगलबार साँझ उनले भने, ‘निर्वाचन निर्धारित मितिमा सम्पन्न हुनेछ । यसबारे निर्वाचन आयोग र प्रधानमन्त्रीको एउटै धारणा छ । प्रधानमन्त्रीले निर्वाचन मिति सार्नेजस्तो कुनै पनि आशय आयोगसँग व्यक्त गर्नुभएको छैन । हामी निर्धारित मितिमा निर्वाचन गराउन कटिबद्ध र सक्षम छौं ।’



प्रतिक्रिया दिनुहोस्