काठमाडौं १२ कार्तिक । जाजरकोटमा चुनावि गठवन्धनका उम्मेदवारले सहिद परिवारको आशिर्वाद लिएर प्रचारमा जुटेका छन् ।
भेरी नगरपालिका वडा नं. १ पिपेमा गई सहिद परिवारलाई भेटेर प्रचार सुरु गरिएको प्रदेश सभाका लागि जाजरकोट क्षेत्र १ का उम्मेदवार गणेश प्रसाद सिंहले जानकारि दिए ।
सहिदका सपना पूरा गरि खुसि ल्याउन उम्मेदवार लाई आग्रह गरिएको सिंहले बताए । -पिपे जनयुद्धको समयमा निकै ठुलो जनधनको क्षति भएको ठाउँ हो । -सरकारले नमुना बस्तीका रुपमा पिपेलाई विकास गर्न विभिन्न सहयोग गर्दै आएको छ । -सहिद परिवारले भने अझैसम्म न्याय नपाएको दाबी गरेका छन् ।
-सहिद परिवार, कार्यकर्ता र स्थानीयले छिटो माओवादी र एमालेबीच पार्टी एकता गर्न दबाब दिएका छन् ।