Logo

कालिकोटमा भीरबाट खसेर बर्षेनी सयौँले ज्यान गुमाउछन



कालीकोट, १६ कार्तिक । जिल्लामा गत आइतबारदेखि बुधबारसम्म भीरबाट खसेर तीन जनाको मृत्यु भएको छ ।
जिल्लाबासीहरुको मुख्य पेशा नै कृषि हो । कसैले भैसी पालेर जिविकोपार्जन गरिरहेका छन् । कसैले बाख्रा पालन । कसैले भेडा पालन । यस्तै अरु अरु पेशा पनि ।

घर पालुवा जनवारहरु गाई भैसि लगायतको लागि हिउँदको समयमा आवश्यक पर्ने खर जम्मा गर्ने चटारो असोज देखि सुरु भएर कार्तिकको अन्तिमसम्म चल्ने स्थानिय बासिन्दाहरु बताउछन ।

कालिकोटका प्राय मानिसहरुले उकाली ओराली र भिर पाखामा चढेर खर काट्नु पर्ने बाध्यतामा परि वर्षेनी ज्यान गुमाउनु पर्ने स्थितिको अन्त्य गर्नको लागि समाजका अगुवाहरु लागि रहेका भएपनि संख्यामा कमी भने आएको छैन।

वर्षेनी सयौको ज्यान जाने गरेको भएपनि त्यहाँका मानिसहरुले यस्तो भिरपाखा नै किन रोज्न पुग्छन होला भनेर यस विषयका बारेमा कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिकाका शिक्षक जसमल बोहोरासँग मैले सोधेको थिए ।

शिक्षक बोहराले रुरलनेपासँगको कुराकानिमा भने,‘के गर्नु यहाँको जनजीवन यस्तै छ, हामी यस्तै भीरमा जन्मियौ, नगरी हुँदैन, भीरबाट लडेर बर्षौ देखि हाम्रा आफन्तहरुले अकालमा ज्यान गुमाउनु परेको छ, भीरपाखाहरु एकदैम अफ्ट्यारा छन्, जहाँ खसेपछि शरिका विभिन्न भागमात्रै भेटिन्छन्, अक्लझुक्कल बाहेक बाँच्ने आशा कम हुन्छ।’

उनले अघि थपे,‘यहाँको जनजीवन अशिक्षित छ, शिक्षाको कमी छ, रोजगार छैन्, बाआमा, सन्तान र श्रीमतीको शरिरमा भएको फाटेको चोली फेर्नको लागि कि त ईन्डिया, कि बिदेश, कि त यस्तै बस्तुभाउ पालेर किनबेच गर्नुपर्ने बाध्यता छ, नगरी खान लाउन नपुग्ने, गाईभैसि पाल्नैपर्ने, हिउँदामा चिसो हुने र भुईघास नपाईने भएकाले यो समयमा भिरालोमा पाईने सुकेको ‘गाजो’खर जम्मा गर्ने चलन छ, सुकेको र चिप्लो हुने भएकाले सजक नहुने प्राय मानिस लडेर अकालमा मर्ने गर्छन्।’

शिक्षक बोहोराले भने,‘कालिका गाउँपालिका–५ सुकाटियाका आदीप्रसाद आयार्यको भिरबाट खसेर मृत्यु भएको खबर सुनेको थिए, त्यसपछि, नरहरीनाथ गाउँपालिका वडा–४ का मोतीबहादुर बोगटीको भिरबाटै खसेर मृत्यु भयो, अस्तिमात्रै नरहरीनाथ गाउँपालिकाकै वडा नं. ९ का मेरै आफ्न्त भाई प्रदीप बाहोराको खर काट्न गएको बेला भीरबाट लडेर मृत्यु भयो, उनका ४ छोरी र १ छोरा श्रीमती छन्, यस्तो अकालमा ज्यान गुमाउनेहरुको संख्या बढ्दैछ, परिबारको विचल्ली हुने गरेका छ।’

आचार्यको गत आइतबार निधन भएको थियो । त्यस्तै बोगटीको सोमबार र बोहोराको मंगलबार खर काट्न गएको बेला भीरबाट लडेर मृत्यु भएको हो । भीरमा घाँस काट्न गएको बेला गत शनिबार नरहरीनाथ गाउँपालिका वडा ९ लालुका पंखबहादुर रावल गम्भीर घाईते बने र उनको उपचार नेपालगञ्ज हुन नसकेपछि काठमाडौं रिफर गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्