Logo

विद्यालयको लागि जापानमा ३० लाख बढि आर्थिक संकलन



कौरव खत्रीः गुल्मी १६ कात्तिक । बाग्लुङ्गको एक विद्यालयको लागि जापानमा रहेका नेपालीहरुले ३० लाख आर्थिक सहयोग संकलन गरेका छन ।

गल्कोट नगरपालिका वडा नंं.८ काँडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि जापानका विभिन्न शहरमा रहेका यस क्षेत्रका व्यक्तिहरुबाट ३० लाख, ५७ हजार, ८ सय, ६७ रुपैया रकम संकलन भएको जापान ओसाकाका पत्रकार मेघराज सापकोटाले जानकारी दिए ।

विद्यालयका भूतपूर्व विद्यार्थीहरु हाल जापानका विभिन्न ठाँउहरुमा रोजगारीको शिलशिलामा कार्यरत छन् । यस क्षेत्रका झण्डै १ दर्जन भन्दा बढि नेपालीहरुबाट बोल र नगद सहयोग रकम प्राप्त भएको विद्यालयका शिक्षक सापकोटाले जानकारी दिए ।

२०१४ सालमा स्थापना भएको विद्यालयले आफ्नो ६० बर्ष प्रवेश गरेको अवसरमा आँउदो माघ महिनाको १० देखि १४ सम्म विद्यालयले हिरक महोत्सव मनाउन गइरहेको छ ।

 

हिरक महोत्सवलाई लक्षित गदै विद्यालयले हाल जापानका विभिन्न स्थानहरुमा आर्थिक संकलन अभियानलाई समेत अगाडी बढाइरहेको विद्यालयका शिक्षक सोमलाल सापकोटाले जानकारी दिए । तस्बिर – कौरव खत्री 



प्रतिक्रिया दिनुहोस्