Logo

मेलमिलापको सिद्धान्तमा न्यायालय सकारात्मकः न्यायाधीश बराल



नेपालगन्ज, १८ कार्तिक। उच्च अदातल तुल्सीपुर–नेपालगन्ज इजलासका न्यायाधीश गणेशप्रसाद बरालले न्यायालयले मेलमिलाप प्रक्रियालार्ई विशेष महत्व दिएको बताउनुभएको छ ।

नेपाल बार एशोसिएशनद्वारा शुक्रबारदेखि यहाँ कानून व्यवसायीका लागि सञ्चालित आठ दिने आधारभूत मेलमिलाप तालीमको उद्घाटन गर्दै उहाँले मेलमिलापबाट दुवै पक्षले न्यायको अनुभूति गर्ने भएकाले न्यायालय पनि यो प्रक्रियामा सकारात्मक भएको हो भन्नुभयो ।

त्यस अवसरमा नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटाले कानून व्यवसायीलाई पेशागत सीमा र जिम्मेवारी निर्वाह गर्न सधैँ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

बाँके जिल्लाका ३० भन्दा बढी कानून व्यवसायीको सहभागिता रहेको तालीममा मेलमिलापको सिद्धान्त, उपादेयता, मेलमिलापकर्ताका गुण, विशेषता, अधिकार तथा यसको सही प्रयोगलगायतका जानकारी गराइने बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्