Logo

द्धन्द्ध कालमा मारिएका शाहीको शालिक अनावरण



कालिकोट, १९ कार्तिक । सशस्त्र द्धन्द्धको क्रममा २०५५ माघ १० गते माओवादीद्धारा हत्या गरिएका साविक लालु गाविस बडा नं १ ‘हाल नरहरिनाथ गाउँपालिका’ नेपाली काँग्रेसका नेता वीरेन्द्र शाहीको शालिक अनावरण गरिएको छ । शाहीको सम्झनामा शाहीको जन्मघर लालु बुढागडामा शालिक अनावरण गरिएको हो ।

वीरेन्द्रबहादुर शाहीका छोराहरु प्रकाश शाही र धुव्र कुमार शाहीले आफ्नै लगानीमा बनाएको स्वर्गीय शाहीको शालिक शनिबार एक कार्यक्रमकाबीच नेपाली काँग्रेस कालीकोटका सभापति हर्षबहादुर बमले अनावरण गरेका हुन् ।

सालिक अनावरण गर्दै सभापति बमले शसस्त्र द्धन्द्धका बेला माओवादीले स्वर्गीय शाहीको सामाजिक प्रभाव देख्न नसकेर हत्या गगरेको बताए ।
उनले भने,‘कालीकोटबासी र काँग्रेस पार्टीप्रति शाहीले गरेको योगदान अतुलनीय छ, शाहीले समाजमा राम्रो गरेको देख्न नसक्नेहरुले उहाँको हत्या गरेका हुन,उनका हत्याराहरु अहिले पनि खुल्याम हिडिरहेका छन्।’

पार्टीले सधै शाहीको योगदानको स्मरण गरेको भन्दै सभापति बमले अहिले पनि शाहीको अभाव महसुस भएको बताए । सभापति बमले भने,‘आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा कालीकोटमा नेपाली काँग्रेसलाई जिताउन सके शाहीले गरेको सामाजिक योगदानको कदर र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।’

कार्यक्रममा नेपाली काँग्रेस कालीकोटका सह–सचिव दमनबहादुर शाहीले स्वर्गीय वीरेन्द्रबहादुर शाहीले कालीकोटको बिकासका लागि देखेका सपना पूरा गर्न आसन्न निर्वाचनमा काँग्रेसी उम्मेदवारलाई जिताउन आग्रह गरे ।

स्थानीय बयोबृद्ध भैरव शाहीको सभापतित्वमा भएको सालिक अनावरण कार्यक्रममा नेपाल विद्यार्थी संघ कालीकोटका उपाध्यक्ष जगत बिष्ट, गजबहादुर रावल, नेपाली काँग्रेस साविकको लालु गाउँ कार्यसमितिका सभापति नन्दनाथ योगी लगायतले स्वर्गीय शाहीको योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा शाहीका छोरा प्रकाश शाहीले कोटवाडाका विमल दर्जीलाई बार्षिकरुपमा पढाई खर्च व्यहोर्ने घोषणा गर्दै रु ५ हजार हस्तान्रण गरेका छन् । विमल दर्जी खुट्टाको सहाराले अध्ययन गर्ने फरक क्षमताका विद्यार्थी हुन्।



प्रतिक्रिया दिनुहोस्