Logo

मालिका महोत्सव समितिद्धारा समाजसेवी सम्मानित



कौरव खत्रीः गुल्मी १९ कार्तिक । गुल्मीमा सञ्चालन भएको तेश्रो मालिका महोत्सवमा प्रथम भलिबल प्रतियोगीताको लागि आर्थिक सहयोग गर्ने सहयोगीलाई महोत्सव समितिले सम्मान गरेको छ ।

मुसिकोट नगरपालिका ६ स्वाँरा हाल ओमसतिया गाँउपालिका १ भैरहवा निवासी समाजसेवी लाल बहादुर गुरुङ्गलाई सम्मान गरेको छ । त्यस्तै प्रथम पुरस्कार ५२ हजार राशीका साौजन्यकार एवम् समाजसेवी लाल बहादुर गुरुङ्गलाई महोत्सव समितिले मायाको चिनो प्रदान तथा सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

समितिले दोश्रो पुरस्कार ३२ हजार रकमका सौजन्यकार आर्थिक सहयोगी एवम् समाजसेवी भिम बहादुर गुरुङ्गकी दिदि टक कुमारी गुरुङ्गलाई समेत मायाको चिनो तथा सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको मालिका महोत्सव समितिका सदस्य गुनाखर उपाध्यायले जानकारी दिए ।

तस्बिरः कौरव खत्री



प्रतिक्रिया दिनुहोस्