Logo

सुमनको आवाजमा ‘जून जस्तै शीतल’ को भिडियो सार्वजनिक



काठमाडौं, २० कार्तिक । गायक सुमन केसीको आवाजमा नयाँ गीत ‘जून जस्तै शीतल’को भिडियो सार्वजनिक गरिएको छ । गीतकार अम्बिका गुरुङको शब्दमा रहेको उक्त गीतमा शंकर थापाको संगीत रहेको छ भने उदयराज पौडेलले यो गीतमा संगीत संयोजन गरेका छन्।

अर्जुन अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री मरिष्का पोखरेलको सुन्दर जोडीको अभिनय देख्न सकिनेछ। उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

द पिक डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।

गीतकार अम्बिका गुरुङद्वारा स्थापित भावसागर इन्टरटेन्मेन्ट एलएलसीद्वारा निर्माण गरिएको यो भिडियो भावसागरकै आधिकारिक यूट्युब च्यानलमार्फत रिलिज गरिएको छ।



प्रतिक्रिया दिनुहोस्