Logo

ज्वाईँ ससुराबीच चुनावी प्रतिस्पर्धा



आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधी सभाको निर्वाचनमा ससुरा ज्वाईँबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।  वामगठबन्धनको तर्फबाट आधिकारिक रुपमा छिमी दोर्जे लामालाई माओवादी केन्द्रले टिकट दिएपछि उनका बागी उम्मेदारी पुर्व राज्य मन्त्री तथा माओवादी केन्द्रका पोलिब्युरो सदस्य लामाको उम्मेदवारी दर्ता भएको हो ।


शुत्रबारदेखि नियमित छलफल पछि छिर्मी दोर्जे लामाले ससुरा छक्क बहादुर लामालाई सर्मथन गरी सञ्चार माध्यमबाट प्रचार प्रसार भएपछि कार्यकर्ताको दबाब पछि छिर्मीले उम्मेदारी नछोडने प्रेस विज्ञप्ती जारी गरेका थिए ।जिल्ला समन्वय समितिका संयोजकको घरमा आइतबार सहमतिबाट छिमीले छोडेको पुर्वराज्यमन्त्री छक्क बहादुर लामाको दाबी रहेको छ ।

राज्यमन्त्री लामाले दोस्रो संविधान सभाको निर्वाचनमा छिमी दोर्जे लामाले पार्टीभित्रै अन्तरघात गर्नेलाई टिकट दिएपछि आफुले उम्मेदारी दर्ता गराएको राज्यमन्त्री लामाको भनाइ छ । दुवै पक्षबीच समस्या समाधानका लागी माओवादी केन्द्रका पोलिटब्युरो सदस्य कर्णजित बुढाथोकी असफल भएका छन् । अब दुवै पक्ष आ–आफनै चुनाव चिन्ह् लिएर प्रचार प्रसार गर्ने तयारीमा छन् ।



प्रतिक्रिया दिनुहोस्