Logo

भारतले नेपालीमाथि ठूलो ज्यादती गरेको अन्तर्राष्ट्रिय अधिकारकर्मीको ठहर



काठमाडौं २४ मंसिर । भारतीय पक्षले निर्माण गरेको बाँध, कलकलवा तटबन्ध र सीमा सडकले पु¥याएको क्षतिको अन्तर्राष्ट्रिय अधिकारकर्मीले अनुगमन गरेका छन् ।  खाद्य अधिकारका क्षेत्रमा वकालत गर्दै आएको फियान इन्टरनेसनलको उच्च निकायले बाँकेमा आएर हालै अनुगमन गरेको हो । अनुगमन पश्चात टोलीले भारतीय पक्षबाट नेपाली नागरिकमाथि ठूलो ज्यादती र अन्याय भएको निष्कर्ष निकालेको छ ।

राप्ती नदीलगायत विभिन्न खोलानालाको प्राकृतिक निकास थुनिने गरी भारतीय पक्षले निर्माण गरेको संरचनाका कारण हरेक वर्ष बाँकेका दर्जनौं गाउँ डुबानमा पर्दै आएका छन् । फियान इन्टरनेसनल जर्मनीका एसिया क्षेत्र संयोजक सविने पाविष्टले भारतले अन्तर्राष्ट्रिय नियमविपरीत नेपाली भूभाग डुब्नेगरी संरचना बनाएर अन्याय गरेको बताइन् । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्