Logo

आयातित चिनीमा भन्सार बढाउने प्रस्ताव



काठमाडौं २४ मंसिर । कृषि मन्त्रालयले विदेशबाट आयात हुने चिनीमा लाग्दै आएको भन्सारदर बृद्धि गर्न अर्थ मन्त्रालयलाई प्रस्ताव पेश गरेको छ । यद्यपि, अर्थले मूल्य बढ्न सक्ने भन्दै एक साता बित्दा पनि सो प्रस्तावबारे कुनै प्रक्रिया अघि बढाएको छैन । तर, उद्योगी र उखु किसान अनुकुल हुने गरी भन्सार बृद्धिको प्रस्ताव गरिएको कृषि मन्त्रालयले दाबी गरेको छ ।

सचिवस्तरको निर्णयले चिनीको भन्सार शुल्क कम्तीमा ५० प्रतिशत पुर्‍याउनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरिएको मन्त्रालयका सहसचिव सुरेशबाबु तिवारीले जानकारी दिए । अहिले आयातित चिनीमा १५ प्रतिशत भन्सार महसुल कायम गरिएको छ । –नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्