Logo

पुस्तक पसलमा आगलागी हुँदा सवा २ करोडको क्षति



सुर्खेत, २३ कार्तिक । वीरेन्द्रनगर–३ जुम्लारोडस्थित एक पुस्तक पसलमा आगलागी भएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन प्रदेश ६ का महासचिव भानुभक्त बरालको जयलक्ष्मी इन्टरप्राइजेज पुस्तक पसलमा आगलागी हुँदा सवा २ करोडको क्षति भएको हो ।

विद्युत सट भई गएराति २ बजेर ३५ मिनेटमा पुस्तक पसलबाट सुरू भएको आगो सँगैको रोशन ड्रग हाउसमा पनि लागेको थियो । दमकल र प्रहरीको सक्रियतामा बिहान ५ बजे आगो नियन्त्रणमा लिईएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्