Logo

कवि भण्डारीको कविता संग्रह ईश्वरलाई चिठी विमोचन



काठमाण्डौं, २५ कात्र्तिक । छन्द कवि मनोज भण्डारीको कविता संग्रह ‘ईश्वरलाई चिठी’ सर्वनाम थिएटर काठमाण्डौमा विमोचन गरिएको छ । रचनावाचन समूहले प्रकाशन गरेको सो संग्रह दर्शकदिर्घा र अतिथिहरुले एक साथ विमोचन गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा छन्द कवि रमेश खकुरेलले कवि मनोज भण्डारीको यो कविता संग्रहले नेपाली छन्द कवितामा थप उचाइ थप्ने दाबी गरे ।

कवि खकुरेलले अघिल्लो वर्ष रचनावचानले प्रकाशन गरेको गजलकार कमल संघर्षको ‘सडक’ गजल संग्रह बापतको रोयल्टी नगद रु. ५० हजारको चेक हस्तारण गर्दै ठट्यौली पारामा आफुले हालसम्म कुनै पनि संग्रह वापतको रोयल्टी नपाएको बताए ।

वक्ताका रुपमा रहेका छन्द कवि डा.रामप्रसाद ज्ञवालीले मनोजको कवितामा देश, जीवन दर्शन भेटिने गरेको र छन्द कवितामा वाचन कला आवश्यक रहेको बताए । लेखन र वाचनमा कवि भण्डारी अब्बल रहेको उनले दाबी पनि गरे । आफ्नो रचनाको रोयल्टी बुझ्दै कार्यक्रमका अर्का वक्ता डा. देवी नेपालले पछिल्लो समय रचनावाचन मार्फत कविहरुले रोयल्टी पाउन थाल्नुले अब कविहरु बाँच्न सक्ने आधार सुनिश्चित हुँदै गएको बताए ।

कवि अर्जुन पराजुली, बलराम दाहाल, बुनु लामिछाने, देवी नेपाल, ज्ञानुवाकर पौडेल, जय गौडेल, कमल संघर्ष, माधव खतिवडा, मनोज भण्डारी, नवराज पराजुली, राम अविरल विष्ट, सुदेश सत्याल लगायतले युट्युबमा आफ्ना रचना वापतको रोयल्टी पाएका छन् । सबैका रचना सबै माझ पु¥याउने उद्देश्यका साथ रचनावाचन समूह लागि परिपरेको रचनावाचनका अभियन्ता सुरेश सुवेदीले बताए ।

 



प्रतिक्रिया दिनुहोस्