Logo

किन आउन सकेनन् सोलुखुम्बुको तिङ्लामा उम्मेदवार ?



काठमाडौं २७ कार्तिक । न त यो गाउंँमा कुनै राजनीतिक दलका उम्मेदवारका पोस्टर, पम्प्लेट टाँंसिएका छन्, न उम्मेदवारहरू मत माग्नै आएका छन् । नजिकिँदै गरेको चुनावले जिल्ला नै तताइरहेका बेला सदरमुकाम सल्लेरीनजिकैको करिब ११ सय घरधुरीको बसोबास रहेको तिङ्लावासीलाई भने चुनावले छोएको छैन ।

बरु स्थानीय तहमा जस्तै यस पटक पनि मत हाल्न नहुने पक्षमा अधिकांश उभिएका छन् ।

तिङ्ला गाउँका तीनवटै बुथमा गत स्थानीय तहको चुनावमा एक मत पनि खसेन । गाउँंमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत राजनीतिक दलका कार्यकर्ता र समर्थक प्रशस्त छन्, तर उनीहरू गाउँको समस्यमा एकै ठाउंँमा छन् । भन्छन्, ‘यस पटक पनि मत हाल्ने कि नहाल्ने भन्नेबारे सामूहिक निर्णय लिएर नै अघि बढिन्छ ।’

स्थानीय तह संरचनाअघि यो एउटा गाउँ मात्रै थिएन, सिंगो गाविस थियो । तिङ्ला गाविसका ९ वटै वडा नयाँ संरचनामा नेचा सल्यान गाउँपालिकामा परेका छन् । साविकको तिङ्ला गाविस पूरै उक्त गाउँपालिकाको वडा नं ६ अन्तर्गत पर्छ ।

नयाँ संरचनाको यो निर्णय यति अव्यावहारिक छ कि यो गाउँंका बासिन्दालाई गाउँपालिका कार्यालय पुग्न पैदल दुई दिन लाग्छ ।

यो खबर आजकोकान्तिपुरमा छ, आधाउधी गाडी चल्ने कच्ची बाटो छ । गाडीबाटै जाँदा पनि दिन बित्छ । जबकि सदरमुकाम सल्लेरी पुग्न गाडीमा एक घण्टा पनि लाग्दैन । यही अव्यावहारिक निर्णयको विरोधमा स्थानीय एकमत छन् र विरोधस्वरूप उनीहरू मतदान बहिष्कार गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्