Logo

के कारण हुन्छ आकस्मिक मृत्यु ? यस्तो छ बच्ने उपयाहरु



काठमाडौं ४ मंसिर । राति सामान्य अवस्थामै सुतेको मान्छे विहान मृत अवस्थामा भेटिन्छ । परिवारका सदस्य भन्छन् न कुनै रोग थियो न औषधि सेवन नै तर पनि के कारण हुन्छ आकस्मिक मृत्यु रु

पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाशको पनि ३६ बर्षको अल्पायुमै आकस्मिक निधन भयो ।प्रकाशको निधन आकस्मिक रुपमा ह्रदयगति बन्द भएर भएको नर्भिक स्पतालले विज्ञप्तीमार्फत जनाएको छ ।

युवा वा जोखिम पहिचान नभएका ब्यक्तिको आकस्मिक मृत्यु कडा खालको ह्रदयघात (म्यासिभ हार्ट एट्याक) र अन्य थुप्रै कारणले हुनसक्न । ह्रदयघात मुटुमा रक्त प्रवाह हुने धमनी थुनिएर वा फुटेर हुन्छ ।

धेरै अवस्थामा आकस्मिक मृत्यु रोक्ने विषय ब्यक्तिको नियन्त्रणभन्दा बाहिर हुन्छ ।

तर रक्तचाप, कोलेस्टोजस्ता रिक्स फयक्टरको जाँच र नियन्त्रण गरेमा धेरै ह्दयसम्म आकस्मिक मृत्युबाट जोगिन सकिने चिकित्सक बताउँछन् ।, यो खबर आजको नागरिक दैनिकले लेखेको छ ।



प्रतिक्रिया दिनुहोस्