Logo

न्वागी मेलामा १ करोडको कारोवार



कौरव खत्रीः गुल्मी ४ मंसिर । गुल्मी र बाग्लङ्ग अन्तर्गत पौदीबासीहरुले मनाउने न्वागी पर्वसँगै लाग्ने न्वागी मेलामा करिब १ करोडको कारोवार भएको छ ।

दुई जिल्लाको संगम स्थल ग्वालिचौर खार बजारमा सञ्चालन भएको ५ दिने मेला अवधिभरमा भण्डै १ सय ५० ओटा स्टलहरु राखिएका थिए ।

व्यापार व्यवसाय मार्फत व्यापारीहरुले मेलामा सिजनका न्यानो कपडा, फलफुल अन्तर्गत सुन्तला, स्याउ, कृषि उपज र बढि मात्रमा होटल व्यवसाय तथा रमालो मेला समेतबाट मेला अवधिभर भण्डै १ करोडको आर्थिक कारोवार भएको पौदी न्वागी मेला समिति गुल्मी बाग्लुङ्गका कोषाध्यक्ष प्रदिप खरेलले जानकारी दिए ।

पछिल्ला बर्षहरुमा न्वागी मेलामा कारोवार राम्रो हुनेभएपछि मेलालाई मध्यनजर गदै विभिन्न जिल्लाबाट व्यापारीहरु आ–आफ्नो व्यापार लिएर न्वागी मेलामा आउने गर्दछन् । लामो समयसम्म मेला सञ्चालन हुनाले न्वागी मेला एउटा व्यापारिक केन्द्रको रुपमा विकसित हुदै गएको पाइन्छ ।



प्रतिक्रिया दिनुहोस्