Logo

कालि बहादुर सहकारी गाउँमा, महेन्द्र शाही सदरमुकाममा



धनराज वास्तविक । कालिकोट, ४ मंसिर । पहिलो चरणको निर्वाचन अन्तरगत मुलुकका ३२ जिल्ला चुनावमय  छन् । कालिकोट पनि चुनावी चहल-पहलबाट अछुतो छैन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आ–आफ्नो विजय सुनिश्चित भएको दाबि गरिरहेका छन् ।

विना विभागिय मन्त्री महेन्द्र बहादुर शाही र लोकतान्त्रिक गठबन्धनका तर्फबाट कालि बहादुर सहकारी जिल्लाको प्रदेश ‘ख’ को मैदानमा छन् ।
महेन्द्र शाही माओवादी केन्द्रका पूर्व लडाकु हुन भने सहकारी नेपाली काँग्रेस कालिकोटका पुराना नेता र पूर्व सभापति समेत हुन ।

निर्वाचन आउँन केवल ६ दिन बाँकि रहँदा उम्मेदवार गाउँमा व्यस्त छन् । आफूलाई मत मागि रहेका छन् । बाम गठबन्धन तर्फका उम्मेदवार महेन्द्र बहादुर शाही सरकारको उर्जा मन्त्रीको जिम्मेबारीबाट हटाईए पछि गृह जिल्लामा पुगेर चुनावी प्रचार प्रसारमा व्यस्त छन् ।

रिपोर्टर्सनेपालसँगको कुराकानिमा शाहीले भोलि बिहानसम्म सदर मुकाम मान्नमा पुग्ने जानकारी दिए । शाही प्रदेश नम्बर ६ को मुख्यमन्त्रिको दावेदार पनि हुन ।
काँग्रेस पार्टीमा लामो समय राजनीति गरेका अनुभवि नेता कालि बहादुर सहकारीले आजै देखि आफ्नै स्थानिय तह नरहरीनाथ गाउँपालिकाबाट दोस्रो चरणको चुनावी अभिया सुरु गरेका छन् ।

जनमत र चर्चाका हिसावमा उस्ता उस्तै माहोल देखिने कालिकोटको प्रदेश ‘ख’ विनाविभागिय मन्त्री महेन्द्र शाहीको नामले राष्ट्रिय स्तरमा चर्चाको विषय बनेको छ । त्यसै माथि शाहीले मुख्यमन्त्री आफु बन्ने घोषणा गरेका छन् ।

शाहीको सपना सहजै साकार नहुने जिल्लाका राजनीतिक कर्मीहरु बताउँछन् । एउटा नगरपालिका र ४ वटा गाउँपालिका रहेको प्रदेश ‘ख’ मा ३७ हजार मतदाता रहेका छन ।

सहकारी जिल्लामा प्रभाव राख्न सकेका नेता हुन भने शाही यूवा पंतिका रोजाईमा परेका नेता हुन । यि दुवै नेताका आफ्नै प्रकारका मतदाता भएका कारण निर्वाचनको परिणामका बारेमा यसै भन्न सकिने स्थिति छैन ।



प्रतिक्रिया दिनुहोस्