Logo

समृद्ध कर्णालीको अभियानमा जुट्न स्रष्टाहरुको आह्वान



खगेन्द्र भट्टराई : कालिकोट, ४ मंसिर । गाउँमा राजनीतिक दलका चुनावी प्रचार प्रसारमा व्यस्त छन् । सरकारी निकायका अधिकारीहरुलाई निर्वाचनका लागि कर्मचारी खटन पटनमा भ्याइ नभ्याइ छ ।

निर्वाचन आयोगद्धारा सञ्चालित निर्वाचन अधिकृत र सहायक अधिकृतको तालिममा लागि मान्ममा थुप्रै कर्मचारीहरुको जमघटले सहजै अनुमान गर्न सकिन्थ्यौ सबैलाई चुनावी रौनकले छोएको छ । कोही प्रचार प्रसारमा र कोही निर्वाचनको व्यवस्थापनमा ।

तर, शनिबार अपरान्हतिर कालीकोटको माहौल फेरियो, सूर्यास्त हुन घाम डुब्ने तरखर गर्दै थियो त्यहीबेला एकहुल मानिसहरु जिल्ला कृषि बिकास कार्यालयको सभाहलमा जम्मा भए ।

त्यसको केही समयपछि दुई वटा गाडि पनि त्यही स्थानतर्फ हुइकिए र कृषि बिकास कार्यालयको सभाहल एकै छिनमा विभिन्न श्रष्टाका स्वरमा गजलका शेरहरु गुञ्जिन थाले ।

सबैका थकित मनलाई केह समय यो वातावरण मनोरञ्जन मात्र प्रदान गरेन यसले कर्णालीको पीडा, यसका वेदना र मायामा हुने घातप्रतिघातलाई गजलका शेरमा उनेर प्रस्तुती शुरु भयो ।

कर्णाली कला संस्कृती प्रतिष्ठानले आयोजना गरेको गजल साँझले सबैका थकित मनलाई केहीहदसम्म पीडा भुलाउने प्रयत्न गरेको आभास दिलाएको थियो । गजल साँझले मजोरञ्जन मात्र होइन उसले देश डुबेको चिन्ता पनि यसरी व्यक्त भएका थिए । गजलकार तथा पत्रकार धनराज वास्तविक मुक्तक बाचन गरे

जिन्दगी देशका निम्ति सुम्पिने मन छ ।
सिपाही बनेर सिमानामा उभिने मन छ ।।

तिमी साथको लागि केवल हात माग्छौं ।
तिम्रा लागि सर्वाङ्ग नाङ्गो हुने मन छ ।।

वातस्तविकको गजलले बोले झै सबै श्रष्टाका गजलहरुले देशको पीडा, वेतीथि र कुरितीका विरुद्ध तीखो व्यङ्गय प्रहार गरेका थिए । कार्यक्रममा प्रस्तुत सिपखानाका गजलकार सुरेन्द्र संञ्याल (जिवन्त)को गजलले सरकारी वेवास्ताका कारण हुने गरेको असमानता कर्णालीबासीले हेरी रहनु बाहेक केही गर्न नसकेको गजलका सेर मार्फत असन्तुष्टि पोखे,

‘हेरिररहनु सिवाय अरु केही छैन् ।
अर्को दोस्रो उपाय अरु केही छैन् ।।

कर्णाली दुःखी रहँदा बाग्मति आशुँ झार्दैन् ।
यो भन्दा ठुलो अन्याय अरु केही छैन् ।।’

यसरी दुई दर्जन बढी साहित्य श्रष्टाहरुका रचना वाचन पछि कार्यक्रमका प्रमूख अतिथी समेत रहेका कालीकोटका प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरैले साहित्यकारहरुले गरेको कार्यक्रम कर्णालीको बिकासका अभियान भएको बताए ।

कार्यक्रमले कर्णालीको कला साहित्यको बिकासमा मात्रै होइन यसले किालीकोटको समग्र बिकासका लागि टेवा पु¥याउने बताए । ‘रचनामार्फत यहाँका सर्जकले गरेको यो कार्यक्रम बिकासका लागि अभियान हो भन्ने मलाई लागेको छ’ उनले भने,‘यसको निरन्तरताको लागि मेरो तर्फबाट आवश्यक सहयोग गर्न प्रतिबद्ध छु ।’

कार्यक्रममा सहभागी सहायक प्रमूख जिल्ला अधिकारी राजकुमार दुलालले कार्यक्रममा उपस्थित हुँदा एक दशक पछि गजल लेख्न मन लागेको भन्दै रचना बाचन गरेका थिए ।

कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय कालीकोटका प्रमूख सुनिलकुमार सिंह, प्रहरी नायव उपरिक्षक सुवास बोहोरा, नेपाली काँग्रेसका प्रवक्ता नगेन्द्र बहादुर बिष्ट, नेकपा माओवादी केन्द्रकी पूर्णिमालगायतको उपस्थिती रहेको थियो ।

कालीकोटमा पहिलो पटक आयोजना गरिएको गजल साँझमा कृष्णराज धमाला ‘अपूर्ण’, खगेन्द्र भट्टराई, धनराज वास्तविक, दुर्गा काफ्ले ‘निश्चल प्यासी’लगायतका प्रेरणा बिक, हस्त चौलागाई, धनगिरी फडेरा आफन्त, तुलाराज तिरुवा, पवित्रा जैशी, प्रकाश बिश्वकर्मा, कलम बम, खड्क बिश्वकर्मा, दिर्घ शाही, रचना बाचन गरेका थिए ।

प्रतिष्ठानका सचिव सूर्य भट्टराई ‘आगो’ को अध्यक्षतामा भएको कायृक्रमको सञ्चालन दीपक उपाध्याय अभिलाषीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्