Logo

निर्वाचनमा नेपाल-भारत सीमा ७२ घण्टा बन्द, मतगणनासम्म मदिरा निषेध



काठमाडौं ६ मंसिर ।
पहिलो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित नेपाल-भारत सीमा ७२ घण्टा बन्द गरिने भएको छ । शुक्रबार बिहानदेखि आइतबार साँझसम्म सीमा नखुल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैतडीको झुलाघाट, दक्षिणी क्षेत्रका महाकाली किनारका घाट र दार्चुलाको खलंगा, दत्तु र जोलजिवी नाका बन्द हुने छन् । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको स्थानीय प्रशासनले जनाएको छ । सीमा बन्दको समयमा बिरामी र आपतकालीन काममा आवतजावतमा सहज बनाउने बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

मतगणनासम्म मदिरा निषेध

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मंसिर ५ गतेदेखि मतगणना नसकिएसम्म जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो । मदिराका कारण चुनावी सुरक्षा प्रभावित हुने भएकाले बिक्री र सेवनमा रोक लगाउने निर्णय गरेको स्थानीय प्रशासनले जनाएको छ । मदिराको कारोबार रोक्न सबै स्थानीय तह र प्रहरी युनिटमा परिपत्र गरेको प्रजिअ जोशीले बताए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्