Logo

मतदान केन्द्रमा ६४ प्रकारका सामग्री



काठमाडौं ७ मंसिर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत एउटा मतदान केन्द्रमा विभिन्न ६४ प्रकारका सामग्री प्रयोग गरिने छ। सियो, खापसियो, धागो, खाम, घडी, टर्च लाइट, क्यालकुलेटर, लाहा, फलाटिन कपडा, सलाई जस्ता सामान्य सामग्रीदेखि अति संवेदशील सामान मतदान केन्द्रमा व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले मतपेटिका, पित्तलको स्वस्तिक छाप, रबर छाप, नङ मसी, मुचुल्का अनुसरुची र लाहा लगायत सामग्रीले संवेदनशील मानेको छ। यस्ता सामग्री केन्द्रका मतदाता संख्याका आधारमा आवश्यकता अनुसार पठाउने व्यवस्था आयोगले गरेको छ। केन्द्रमा प्रयोग हुने अन्य सामग्रीको भने कोटा र परिमाण नै तोकिएको छ।

मतपेटिका, रवर म्याट, छेकबार र सुरक्षण सिल सम्वन्धित केन्द्रका मतदान अधिकृतलाई सिधै दिइन्छ। स्वस्तिक छाप (पित्तल र रबर), मसी, जलेपेन (कालो र रातो), मार्कर पेन, लाहा लगायत १३ प्रकारका सामग्री प्लास्टिकको झालोमा प्याक गरी केन्द्र पठाइने छ।

सियो, खाप सियो, धागो, खामभित्र प्याक गरिने छ। प्लास्टिकका थैला, प्लास्टिकका बोरा, स्केल, र्यापिङ टेप, रेकर्ड फाइल लगायत ११ प्रकारका सामग्री बोरामा राखिने सामानको सूचीमा राखिएका छन्। मतदान केन्द्रमा प्रयोग हुने बाहिर, भित्र, महिला पुरुष लेखिएका कार्ड लगायत उचाइ र आयतन भएका १५ प्रकारका सामग्री खुल्ला पठाइने छ।



प्रतिक्रिया दिनुहोस्