Logo

मैदानमा ११, ० २२ उम्मेदवार भिड्दै



काठमाडौं ८ मंसिर । प्रतिनिधिसमा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार मैदानमा छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र पदैशसभा गरी ४ सय ९५ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

पहिलो चरणमा ३२ जिल्लामा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभाम गरी १ सय ११ जनाप्रतिनिधि निर्वाचित हुनेछन् ।यसै प्रणालीअन्र्तगत दोस्रो चरणको निर्वाचनबाट दुवै तहमा गरी ३ सय ८४ जनप्रतिनिधि चुहिनेछन् ।

प्रत्यक्ष निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका लागि सात प्रदेशबाट गरी १ हजार ९ सय ४५ र प्रदेशसभाका लागि सात प्रदेशबाट ३ हजार २ सय ३९ उम्मेदवार प्रतिस्पर्धामा छन् । ,यो खबर हामिलेनागरिक दैनिकबाट लिईएका हौं । प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार

समानुपातिकतर्फ ५ हजार ८ सय ३८ उम्मेदवार

दुवै तहमा प्रत्यक्ष र समानुपातिकबाट ८ सय २५ सदस्य चुनिने ।



प्रतिक्रिया दिनुहोस्