Logo

बम विस्फोटनमा घाइते भएका म्यादी प्रहरीको मृत्यु



काठमाडौं १३ मंसिर । दाङको तुल्सीपुरमा भएको बम विस्फोटनमा घाइते भएका म्यादी प्रहरीको मृत्यु भएको छ । म्यादी प्रहरी तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षका बिनोद चौधरीको मंगलबार राति उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

मंगलबार भएको बम विस्फोटनमा गम्भीर घाइेत चारजनाको नेपालगञ्जमा र अन्य तीनजनाको राप्ति अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । दाङको तुल्सीपुरमा भएको बम विष्फोटका कारण ८ जना घाइते भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरु आज दाङको घोराहीमा आयोजित सभालाई सम्वोधन गर्न पुगेका बेला बम विष्फोट गराइएको हो ।



प्रतिक्रिया दिनुहोस्