Logo

कलाकारहरुले यि पार्टीका उम्मेद्वारलाई यसरी गर्दैछन् मतदान



काठमाडौं, १९ मंसिर । यही मंसिर २१ गते सम्पन्न हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई सफल पार्न कलाकारले कुनै पनि कसर बाँकि राखेका छैनन् ।

हिजोराति १२ बजेदेखि दोस्रो चरण अन्तगर्त सम्पन्न हुने निर्वाचनको मौन अवधि सुरु भएसँगै चुनावी प्रचारमा रहेका कलाकारहरु आफु अनुकल निर्वाचन क्षेत्रमा बसेका छन् ।

यस मौन अवधिमा पनि गोप्य रुपमा कलाकारहरुले आफु निकट पार्टीलाई जिताउनको लागि भूमिका खेलिरहेको जानकारी आएको छ।
कुनै न कुनै राजनीतिक दलको बिचारमा बाँधिएका कलाहरुले आफ्नो राजनीतिक दलका उम्मेद्वार जिताउनको लागि कुनै कसर बाँकि राखेका छैनन् ।

कलाकारलाई राष्ट्रका गहना भनिन्छ । तर नाम चलेका कलाकारहरु चुनावमा विभक्त भए । तल्लो स्तरमा पुगेर गालि गलोज गरे । आलोचना समेत गर्ने गर्छन भनेर भन्दा अन्यथा नहोला ।

कुनै कलाकारले गीत गाएर पार्टीलाई सहयोग गरको दावी गरिरहेका छन् । कुनै कलाकारले अभिनय मार्फत भोट मागेको बताउछन् । कुनै कलाकारले सार्वजनिक सन्जाल मार्फत पार्टीको प्रचारप्रसार गरे । उल्लेखित विषय सबैले देखे भोगेकै कुरा हुन ।

वरिष्ठहाँस्य कलार हरिबंश आचार्यले काग्रेसलाई भोट दिने बुझिएको छ । मदनकृष्ण श्रेष्ठले वाम गठबन्धन पक्षमा उभ्याएका छन् । त्यसै गरिमहानायक राजेश हमालले यो निर्वाचनमा काँग्रेसलाई भोट दिने बुझिएको छ। भुवन केसी र उनका छोरा स्टार अनमोल केसीले एमालेलाई भोट दिने बुझिएको छ ।

नायक शिव श्रेष्ठ, शिवशंकर रिजालले काँग्रेसलाई भोट हाल्ने बुझिएको छ । कोमल वलीले एमाले, तिर्थ थापाले काँग्रेस, एमालेलाई भोट मागेका अर्का चर्चित कलाकार जितु नेपालले एमालेको लागि भोट दिने सहज अनुमान लगाउन सकिन्छ ।

दमन रुपाखेति, दीपकराज गिरीले काँग्रेस र दीपाश्री निरौला, प्रकाश शायामिले एमालेलाई भोट हालने बुझिएको छ । श्रीकृष्ण सिमखडा माओवादी, शैलेन्द्र सिमखडाले एमालेलाई भोट हाल्ने एकसुत्रले जानकारी दिएको छ।

प्राकृतिक हुन या कृतिम हुन जनताका समस्याहरुको साथमा रहेने चर्चित जोडि धर्मुस–सुन्तलीले काँग्रेसलाई भोट मागेको खबर छापिए पनि आधिकारीक रुपमा उनिहरुले मुख खोलेका छैनन् ।

राप्रपा‘प्रजातान्त्रिक’की सह–महामन्त्री तथा नायिका रेखा थापाm उद्धव पौडेलले राप्रापा प्रजातान्त्रिकसँगै काँग्रेसको लागि मत मागेकी छन् । नयाँ शक्ति नेपाली नेतृ एवम् नायिका करिश्मा मानन्धरले नयाँ शक्ति नेपाललाई भोट मागेकी थिन् ।

त्यस्तै ‘अघि बढ प्रचण्ड जनता साथमा छ, हाम्रो देशको भविष्य तिम्रै हातमा छ’ बोलको गीत गाएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपीशार्मा ओलीसँगै चुनावी आमसभामा बर्दी पंगेनीले मासलाई उचाल्न सफल भए ।

जन गायक विष्णु खत्रीले माओवादीलाई भोट हाल्न आग्रह गरे । चर्चित कलाकार मनोज गजुरेलले वामगठबन्धनलाई भोट गर्न जनतालाई अपिल गरे । त्यसैगरी नवल खड्का, चेतन साप्कोटाले पनि माओवादीलाई भोट मागेर हिडेका थिए ।

चर्चित गायक विमलराज क्षेत्री, लोक तथा दोहोरी गायिका राधिका हमाल, सुवास रेग्मी, प्रकाश कटुवाल, वशन्त थापा, चोलेन्द्र पौडेल, जुना श्रीस मगर, नायिका मेलिना मानन्धर, दुर्गा रायमाझि, वरिष्ट कलाकार निर शाह लगायतले काँग्रेसलाई भोट मागेका छन् । अर्का कलाकार मदनदास श्रेष्टले भने विवेकशील साझा पार्टीलाई मत हाल्ने भएका छन् ।

तथापी मतदान गोप्य रुपमा गरिने भएकाले भोट मागेको भरमा दलले चुनाव जित्ने र कलाकारले भोट नमागेको खण्डमा चुनाव हार्ने भन्ने हुँदैन।

पहिलो चरणको निर्वाचन सकिएको १० दिनपछि अर्थात मंसिर २१ गते बिहान ७ बजेदेखि सुरुहुने निर्वाचनमा ४५ जिल्लाका मतदाता भाग लिदैछन् ।

अघिल्लो चरणमा सम्पन्न भएका ३२ जिल्लाहरुको मत परिणाम मंसिर २१ गते साँझ ५ बजेदेखि एकैसाथ मतगणना सुरु गरिने निर्वाचन आयोगले यस अघि नै जानकारी गराईसकेको छ ।

मौनअवधिमा निर्वाचन सम्बन्धि जानकारी बाहेक भोट माग्ने, निर्वाचनलाई बिचलित बनाउँने, मतदानलाई असर पर्ने खालका कुनैपनि कार्य नगर्न– नगराउन आयोगले सबैलाई आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्