Logo

बाँस राखेर सीमा सिल



काठमाडौं २० मंसिर ।
निर्वाचन सुरक्षाका लागि काँकडभिट्टास्थित पूर्वीनाकासहित जिल्लाका सबै नाका सिल गरिएको छ । काँकडभिट्टा नाकामा बाँस राखेर सोमबार बेलुका ६ बजेबाट पूर्ण रूपमा सिल गरिएको हो ।

काकँडभिट्टासहित दक्षिण–पूर्वी नाका भद्रपुर तथा अन्य छोटी नाका सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नाका ७२ घण्टासम्म सिल हुने बताइएको छ ।

बिहीबार बेलुकी ६ बजेसम्म सवारीसाधन तथा सर्वसाधारण आवत–जावत गर्न पाउने छैनन् । अति आकस्मिक तथा संवेदनशीलता हेरेर प्रहरी र प्रशासनसँगको समन्वयमा आवतजावत गर्न दिइने बताइएको छ ।

बोर्डर सिल गरिए पनि भारतबाट नेपालतर्फ आउनेलाई भने रोकिएको छैन । उनीहरूलाई आवश्यक कागजात हेरेर प्रवेश गराइएको प्रहरीले जनाएको छ ।
नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्