Logo

यस्तो छ प्रचण्ड र पाण्डेको पछिल्लो फरक



माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल उम्मेदवार रहेको चितवन क्षेत्र नं. ३ मा कुल खसेको मतमध्ये सोमबार बिहानसम्म लगभग दुई तिहाई मत गनेर सकिएको छ।  सो क्षेत्रको ६२ हजार १३२ मत गणना हुँदा दाहालले ३२ हजार ६७३ मत पाएका छन्। उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेको २४ हजार २६० मत आएको छ।

 दाहाल पाण्डेभन्दा आठ हजार ४१३ मतले अगाडि छन्। दाहाल बाम गठबन्धन र पाण्डे नेपाली काँग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार छन्। दाहाल पाण्डेभन्दा आठ हजार ४१३ मतले अगाडि छन्। चितवन क्षेत्र नं. ३ मा कुल एक लाख २५ हजार ८२३ मतदाता रहेकोमा ९३ हजार ८२६ ले मतदान गरेका थिए। शुक्रबार दिउँसो दुई बजेबाट गणना सुरु भएको हो। आज साँझसम्म क्षेत्र नं. ३ को पनि अन्तिम परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ।

तीन निर्वाचन क्षेत्र रहेको चितवनमा अरु क्षेत्रको प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम नतिजा आइसकेको छ । क्षेत्र नं. ३ को प्रतिनिधि सभाको गणना उत्तरार्धमा पुगेका बेला एउटा प्रदेश सभाको अन्तिम परीणाम आएको छ भने एउटा प्रदेश सभाको गणना अन्तिम हुँदै छ । क्षेत्र नं. ३ को प्रदेश सभा २ मा बाम गठबन्धनका माओवादी उम्मेदवार रामलाल महतो विजयी भए ।



प्रतिक्रिया दिनुहोस्