Logo

‘रेस ३’ मा अनिल कपूर भित्रिए



एजेन्सी, मुम्बई, २५ मंसिर । बलिउड सुपरस्टार अनिल कपूर चाँडै ऐश्वर्या रायसँग फिल्म ‘फन्ने खान’मा देखिँदैछन् । योसँगै अनिलको हातमा अर्को ठूलो फिल्म परेको छ । खासमा, अनिल कपूरले ‘फन्ने खान’सँगै सलमान खानको नयाँ फिल्म ‘रेस ३’ पनि साइन गरेका छन् ।

हालैमा सलमानले सोसल मिडियामार्फत अनिल कपूरसँगको एक तश्वीर शेयर गर्दै ‘रेस ३’ मा अनिलको पनि अभिनय रहने जानकारी दिएका छन् । ‘रेस’ र ‘रेस २’ मा अनिल एक नम्र पुलिसको भूमिकामा देखिएका थिए ।

सलमान र अनिलले यसअघि ‘बीवी नम्बर १’, ‘नो इन्ट्री’, ‘युवराज’ र ‘सलाम(ए(इश्क ए ट्रिब्यूट टू लभ’ जस्ता फिल्ममा एकसाथ काम गरेका थिए ।

सलमान, ज्याकलिन फर्नान्डिज, अनिल कपूर, बबी देओल, साकिब सलीम र डेजी शाहको ‘रेस ३’ मा मुख्य भूमिका रहनेछ । ‘रेस ३’ का निर्देशक रेमो डिसूजा हुन् । एसकेएफ फिल्म्स र टिप्स द्वारा निर्मित यो फिल्म २०१८ मा प्रदर्शनमा आउने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्