Logo

समृद्ध नेपाल निमार्ण गर्न जनताले एमालेलाई जिताए: नेता ज्ञवाली



कौरव खत्रीः गुल्मी २६ मंसिर । गुल्मी क्षेत्र नम्बर १  का नव निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् एमाले सचिव प्रदिप ज्ञवालीले समग्र राष्ट्रको नेतृत्व एमालेको काँधमा आएको बताए ।

उनले भने,‘मुलुकलाई स्थिरता समृद्धि दिने संकल्पलाई पूरा गर्नको लागि जनताले एमालेलाई जिताएका छन्, म राष्ट्रिय राजनीतिमा केन्द्रीत हुन्छु र गुल्मी जिल्लालाई नुमुना विकास र समृद्ध जिल्ला बनाउ छु।’

नव निर्वाचित ज्ञवालीले महत्वपूर्ण पूर्वाधारहरुलाई सम्मपन्न गदै ,कृषिको आधुनीकीकरण, पर्यटनको विकास,युवा स्वरोजगारका कार्यक्रमसँगै पूर्वाधार निर्माण र जिल्लालाई नमूना जिल्ला बनाउनका निम्ति घोषणा गरिएका कार्यक्रमहरुको थालनी सँगै यस अघि शूरु गरिएका कामले निरन्तरता पाउने बताए ।

तस्बिरः कौरव खत्री



प्रतिक्रिया दिनुहोस्