Logo

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



२९ मंसिर, काठमाण्डौ । काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा ८८ प १९८७ नम्बरको मोटर साइकलले गएराती ठक्कर दिदा गम्भीर घाइते भएका स्थानीय ६० वर्षीया आङ्गलामु शेर्पाको मृत्यु भएको हो । शेर्पाको उपचार क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्