Logo

चार अर्बको गोली किन्न दबाब, अर्थ मन्त्रालयमा रोकियो प्रक्रिया



काठमाडौं १ पुस । नेपाल प्रहरीसँग गोली छैनभन्दै ४ अर्वको गोलीगटठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्तालयमा दबाब बढाएका छन । प्रतिनिधिसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिंदा खरिद प्रक्रिया रोकिएको हो ।

गृहमा जनार्दन शर्मा मन्त्री हुँदा नै अर्थमा साढे २ अर्ब रुपैंयाँबराबरको गोली र डेढ अर्व रुपैंयाँ बराबरको अन्य सामाग्री खरिद प्रस्ताव पुगेको थियो ।  गोली नेपाली सेनाबाट किन्ने कि अन्य देशबाट भन्ने विषयमा सहमति हुन नसक्दा रोकिएको खरिद फाइल अगाडि बढाउन अहिले दैनिक दबाब आउने गरेको जानकार एक अधिकारीले बताए । स्रोतका अनुसार माओवादी नेता शर्माले गृहमन्त्री छँदा सुरक्षाम निकायलाई आधुनिकीकरण गर्ने भन्दै हतियारसँगै हेलिकप्टर पनि खरिद गर्ने प्रस्ताव अगाडि बढाएका थिए ।

अर्थका अधिकारीले हेलिकप्टर खरिद प्रस्ताव स्वीकार नगर्दा सो प्रयास पुरा हुन पाएन । -नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्