Logo

गणित शिक्षक बम ईन्टिग्रेटी आईडलबाट सम्मानित



काठमाडौं, ५ पुस । गणित शिक्षक सबराज बमलाई ईन्टिग्रेटी आईडल नेपाल २०१७ द्धारा सम्मान गरिएको छ । कालिकोटका बमले ईन्टिग्रेटी आईडल नेपाल २०१७ को उपाधि प्राप्त गरेका बमले हाल सालै गणित साहित्यक नामक कृति प्रकाशित गरेका छन् ।

गणित शिक्षक बमलाई आईडल घोषणा गर्नुको एउटा पक्ष गत २०५८ सालमा आफ्नै घरकी बुहारीलाई परिक्षामा चिट चोरेको फेला पारेर रेस्टिकेट गरेर नेपाल सरकारको नीति नियमलाई अक्षरस पालना गरेका थिए ।

व्यक्ति भन्दा परिवार ठुलो, परिवार भन्दा राष्ट्र ठुलो हो र राज्यको नीतिलाई सबैले लागु गर्नुपर्छ भन्ने मान्यता बोकेका बम हाल कालिकोट जिल्ला खाँडा चक्र नगरपालिकामा रहेको श्री पञ्चदेव माविमा कार्यरत छन्।

एकान्टविलिटि ल्याव नामक संस्थाले आयोजना गरेको ईन्टिग्रेटी आईडल नेपाल २०१७ मा सम्पूर्ण राष्ट्रसेवकहरु मध्यबाट ५ जनालाई छनोट गरिएको थियो । ७ चरणमा छनोट गरिएको आईडलबाट गणित शिक्षक बम लगायत ५ जनालाई आईडल घोषणा गरिएको थियो ।
सबराज बमले गणितका ८ वटा क्षेत्रका १८ वटा उपक्षेत्रहरुलाई फेरी ७६ वटा साना उपक्षेत्रमा बाडेर गणितका आधारभूत सुत्र र तथ्यहरुलाई कवितात्मक रुपमा लेखेर प्रकाशित गरिएको प्रकाशित गरिएको ‘गणित साहित्य’ कृतिलाई लयवद्ध र छन्दवद्ध बनाई लतिल शैलीद्धारा शिक्षण गर्न सकिने बताएका छन् ।  नयाँ शैलीमा गणित शिक्षालाई अध्ययन र अध्यापन गर्न सहज हुने उद्देश्यले तयार पारिएको उक्त कृतिमा समावेश उदाहरणः

अनगिन्ति विन्दु जोड्दा रेखाहरु बन्ने
सिधारेखा वक्ररेखा दुईटा प्रकार भन्ने ।

प्रकाशित कृतिभित्रका केही क्षेत्रहरुको अडियो र भिडियो समेत तयार पारिएको शिक्षक बलमे जानकारी दिए । यो प्रकारको प्रयासले दृष्टिविहिन र बहिरा विद्यार्थीहरुको लागि पनि उपयोगी हुने शिक्षक बमको दावि रहेको छ । आईडलमा सहायक प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेललाई विईनर घोषणा गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्