Logo

पराजित पूर्व राजदूत उपाध्याय धन्यवाद दिन गाउँगाउँमा



कपिलवस्तु, ५ पुस । प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका नेपाली काँग्रेसका नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्याय मतदातालाई धन्यवाद दिन यतिबेला गाउँ दौडाहामा व्यस्त हुनुहुन्छ ।

निर्वाचन कपिलवस्तु क्षेत्र नं १ मा उम्मेदवार बन्नुभएका उपाध्याय वामगठबन्धनका साझा उम्मेदवार चन्द्रपाणि खनाल ९बलदेव० सँग ९४६ मतान्तरले पराजित हुनुभएको थियो ।

नेताहरु पराजय भएसँगै मतदातासामु फर्किएर नआउने पटिपाटीको अन्त्य गर्दै उहाँ निर्वाचित उम्मेदवारभन्दा पहिले नै मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्न थाल्नुभएको हो ।

उहाँले यही सोमबारदेखि आफ्नो क्षेत्रका विभिन्न वडामा गएर मतदातालाई धन्यवाद दिने र उनीहरुका गुनासा सुन्ने गर्न थाल्नुभएको हो ।

उहाँले सोमबार दक्षिणी क्षेत्र शुद्धोधन गाउँपालिका–६ र पचेहराका साथै मंगलबार उत्तरी क्षेत्र वडा नं ७ र ९ का मतदातालाई भेटेर धन्यवाद ज्ञापन गर्नुका साथै वडाका समस्याका बारेमा पनि जानकारी लिनुभएको थियो ।

मंगलबार वडा–९ को बक्सीरपुरमा मतदातालाई सम्बोधन गर्दै उपाध्यायले यस क्षेत्रको विकास निर्माणमा जितेका उम्मेदवारले भन्दा कुनै कमी हुन नदिई संगठित भएर आफू विकासमा लाग्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

उहाँले यस क्षेत्रका समस्याका बारेमा आफू जानकार रहेको बताउँदै जितेका उम्मेदवारलाई कटाक्ष गर्दै भन्नुभयो “आफ्नो घरमा कहाँ स्वीच छ, ठ्याक्कै थिचेपछि बल्छ भन्ने थाहा छ ।” नयाँलाई स्वीच खोज्दै ठिक्क हुने, तर आफूलाई भने स्वीच खोज्नु नपर्ने उहाँले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्