Logo

पार्टी एकताका विषयमा एमालेले छलफल गर्दै



काठमडौं ६ पुस । पार्टी एकता र नयाँ सरकारका विष्यमा एमालेले छलफल सुरु गरेको छ । निर्वाचनबाट पहिलो दल बनेको नेकपा एमालेको आज स्थायी समिति बैठक बस्दैछ । बैठकमा बर्तमान राजनितिक समस्याको समाधान, नयाँ सरकार गठन र माओवादी केन्द्रसँग पार्टी एकता गर्ने बारे छलफल हुनेछ । एमाले नेता सुवास नेम्वाङका अनुसार पार्टी एकता सँगै सरकारको नेतृत्व र पद तथा जिम्मेवारी बाँडफाँडको विषयमा छलफल हुनेछ ।

बर्तमान सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयक अध्यादेश मार्फत ल्याउन लागेको विषयमा समेत एमालेले आफ्नो धारणा बनाउने छ ।

सीआईएनसँग कुरा गर्दै नेम्वाङले अध्यादेशको विषय राजनितिक विषय भएकाले छलफल बाटै एमालेले समाधान खोजेको बताउनुभयो । उहाँले सरकारले छलफलका लागि चासो नदिनु दुखद् भएको बताउनुभयो । सरकारले छलफल नगरे प्रमूख दलको हैसियतमा एमाले नै छलफलका लागि अग्रसर हुने पूर्व सभामुख नेम्वाङको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्