Logo

राजमोका अध्यक्ष माओवादी केन्द्रमा



काठमाडौँ, १५ पुस  । राष्ट्रिय जनमोर्चा मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण विष्ट र नेता भुवनप्रकाश विष्ट शुक्रबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुमलटारस्थित आफ्नै निवासमा उहाँहरूलाई पार्टी प्रवेश गराउँदै वाम गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको युग शुरू भएको र सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताउनुभयो ।  राजमो मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मणले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने उद्देश्यले आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्