Logo

प्रहरी र अनेरास्ववियुबीच झडप, महेश बर्तौला गम्भिर, एक दर्जन घाईते -फोटो सहित



काठमाडौं, १८ पुस । राजधानीको त्रिचन्द क्याम्पसमा अनेरास्ववियु र प्रहरीबीच झडप हुँदा अनेरास्ववियुबीच दर्जन बढि विद्यार्थी घाईते भएका छन् । सरकारले पछिल्लो समयमा पेट्रोलियम पदार्थमा गरेको बृद्धि फिर्ताको माग गर्दै आन्दोलनमा उत्रेको अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्न लाग्दा प्रहरीले रोकेपछि झडप भएको थियो ।

विद्यार्थी र प्रहरीबीच झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सरकारले पछिल्लो समयमा पेट्रोलियम पदार्थमा गरेको बृद्धि फिर्ताको माग गर्दै आन्दोलनमा उत्रेको अनेरास्ववियू शान्तिपूर्ण आन्दोलनलाई प्रहरीले हस्क्षेप गरेको आरोप लगाएको छ ।

झडपमा पत्रकार श्रेष्ठ घाईते

प्रहरी र अनेरास्ववियुबीचको झडपमा परि न्युज एजेन्सीका पत्रकार विनोद श्रेष्ठ घाईते भएका छन् । उक्र झडपमा अनेरास्ववियुका दर्जनौ नेता कार्यकर्ता घाईते भएका छन् । महेश बर्तौला झडपमा परि गम्भिर घाईते भएपछि उनको काठमाडौ मोडल अस्पतालमा लगिएको छ ।

तस्बिर मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्